२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

के तपाईंलाई थाहा छ – सबैभन्दा बढी सुन कुन राष्ट्रसँग छ ?



काठमाडौं । कुनै समय भारतलाई सुनको चरा भनिन्थ्यो । झन्डै १९ वटा शताब्दीसम्म सबैभन्दा बढी सुन भारतमा रहेको इतिहासकारहरुले बताएका छन् तर तर आज त्यही भारत सुन भण्डारण गर्ने देशको शीर्ष ५ बाट बाहिरिएको छ । उसो भए, सबैभन्दा बढी सुन कुन देशसँग छ त ? आउनुहोस, जानौं ।

विश्वमा सुनको मूल्य सधैँ उच्च रहँदै आएको छ । अहिले सबैभन्दा धेरै सुन भएको देशको कुरा गर्ने हो भने अमेरिका त्यसमध्ये पहिलो नम्बरमा छ । यसमा ८,१३३.४७ टन सुन मौज्जाद रहेको छ।

दोस्रो नम्बरमा जर्मनी रहेको छ । जर्मनी दोस्रो नम्बरमा परे पनि अमेरिका भन्दा झन्डै आधा मात्रै उसँग मौज्जाद रहेको छ । जर्मनीसँग हाल ३,३५९.०९ टन सुनको भण्डार छ। त्यसको अर्थ जर्मनी स्वर्ण राख्ने हिसाबले दोस्रो स्थानमा छ । भनिन्छ, जर्मनीलाई सुरुदेखि नै सुनप्रति उत्सुकता थियो, त्यसैले आज यो देशमा सुनको सङ्ख्या धेरै छ ।

इटाली तेस्रो नम्बरमा आउँछ छ । इटालीमा २४५१.८४ टन सुन भण्डारण भएको छ । इतिहास हेर्नुभयो भने थाहा हुन्छ, कसरी यस देशका राजाहरूले लुटपाट र आक्रमण गरेर आफ्नो खजाना भरेका थिए ।

यदि हामी चौथो नम्बरको कुरा गर्छौं भने, फ्रान्स यो नम्बरमा छ। फ्रान्ससँग २४३६.३५ टन सुन छ। कुनै समय फ्रान्सले विश्वमा प्रभुत्व जमाएको थियो, त्यही बेला उसले यो भण्डारण गरेको हो ।

रुस पाँचौं नम्बरमा छ । रुससँग २२९८.५३ टन सुन छ । दोस्रो विश्वयुद्धका बेला रुस र अमेरिका मात्र शक्तिका दुई केन्द्र थिए, रुस शक्ति केन्द्रमा रहदाँ यति धेरै संख्यामा सुन भण्डारण गरेको हो ।

तर, भारतको कुरा गर्ने हो भने यो सूचीमा भारत ९ औं स्थानमा छ । गोल्ड हबको रिपोर्ट अनुसार भारतसँग ७४३.८३ टन सुनको भण्डार छ। तथापि, इतिहासमा एक समय थियो, जब भारत सुनको भण्डार भएको देश थियो।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : १० बजे

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन