२ माघ २०८२, शुक्रबार | January 16, 2026

इजरायलमा बंकरमा बसेका विद्यार्थीसँग प्रधानमन्त्री प्रचण्डले गरे सम्वाद्



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ले इजरायलमा बंकरमा आश्रय लिइरहेका नेपाली विद्यार्थीसँग भर्चुअल माध्यमामार्फत सम्वाद गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो इजरायलको बंकरमा बसिरहेका सुदुरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थी विपिन सुवेदीसँग सम्वाद् गरेका हुन् ।

अन्य साथीहरुसँगै बंकरमा बसेका सुवदीसँग प्रचण्डका स्वकीय सचिव रमेश मल्लको भने निरन्तर संवाद भैरहेको थियो ।
सम्वादको क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले अस्तिदेखि नै निरन्तर अपडेट लिइरहेको र यसै विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक समेत बोलाएको बताएका छन् । प्रचण्डले इजरायली दुतावाससँग निरन्तर सम्पर्क भैरहेको, परराष्ट्रमन्त्री स्तरको संयन्त्रले काम गरिरहेको, परराष्ट्रमन्त्रीले त्यहाँका समकक्षीसँग पनि कुरा गर्ने बताउँदै समस्यामा परेकाहरुलाई छिटो उद्दार गर्ने आश्वासन दिएका छन् ।

एकथरी मान्छेहरुले यही विषयलाई लिएर झुठ प्रचार गरिरहेको बताउँदै प्रचण्डले विपिनलाई त्यहाँ रहेका अन्यउ विद्यार्थीहरूलाई पनि सरकारले गरिरहेको तयारीबारे सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

विद्यार्थी विपिनले इजरायलबाट विपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । उनले सरकारको तयारीबारे आफुले सबैजनालाई भनिसकेको बताएका छन् । विपिनले भनेका छन्, ‘एम्बेसीले डेढ घन्टामा लिन आउँछौं । हजुरहरू एउटा ब्यागमा आफूलाई अहिले चाहिने एक जोर कपडा र पासपोर्ट ब्यागमा हालेर तयारी अवस्थामा बस्नुस्। लाइभ लोकेशन शेयर गर्नुस् भन्यो त्यो पनि गरेँ।’

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ४ : ११ बजे

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट

पुरानो मानसिकता, सोच र शैलीले अब देश चल्दैन प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन