२० मंसिर २०८२, शनिबार | December 6, 2025

भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ



गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताएका छन् ।

नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिष्ठान गोरखाको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको बृहत् लोकदोहोरी महोत्सव ‘२०८०’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य नगरेसम्म समृद्ध नेपाल निर्माण गर्न सम्भव नहुने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा समृद्धिको प्रक्रिया अगाडि बढाउनका लागि सुशासन अनिवार्य सर्त रहेको उल्लेख गर्दै सुशासन कायम नभएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने बताए । “देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अगाडि बढाउने अठोटका साथ हामीले काम गरिरहेका छौँ”, उनले भने, “तर जनताले जीवनमा परिवर्तन महसुस हुने गरी काम हुन सकेको छैन, त्यसका लागि सुशासन अनिवार्य सर्त हो ।”

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गरेर मात्र जनतालाई सहज ढङ्गले सेवाप्रवाह गर्नसक्ने गरी देशको सुशासन र समृद्धिको प्रक्रियालाई अगाडि बढाउन सकिने उल्लेख गरे । उनले जनताले आफ्नो दैनिक जीवन नै फेरिएको अनुभूति गर्ने गरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : १२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय