८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : कृषिमन्त्री भुसाल



काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताए।

‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उनले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताए।

“भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ”, मन्त्री भुसालले भने, “सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन । रासायनिक मलको कटौती गरेर प्राङ्गारिक तथा जैविक मलमा वृद्धि गर्नुपर्छ ।” बगेको पानीको सही व्यवस्थापन गरेर कृषिमा प्रयोग गर्न सके सिँचाइको समस्या नहुने उनले दाबी गरे।

“उन्नत बीउको प्रयोग गर्ने र सिँचाइको व्यवस्था गरेमा सन् २०३५ सम्ममा हामी खाद्यमा आत्मनिर्भर हुन सक्छौँ”, मन्त्री भुसालले भने, “पूर्व–पश्चिम नहर निर्माण गरेर मात्र कृषि क्रान्ति हुन्छ ।”

कार्यक्रममा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले साना किसानले उत्पादन गरेको वस्तुलाई उद्योगका रुपमा रुपान्तरण गर्न जरुरी रहेको बताए । उनले भने, “साना किसानलाई एकजुट गरेर उत्पादन गरेको कृषि सामग्रीलाई उद्योगमा रुपान्तरण गर्नुपर्छ ।” पौडेलले किसानलाई वित्तीय सहयोग गर्न कृषि विकास बैंकले सहयोग गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेम दङ्गालले किसानको सङ्ख्या बढेको तर जमिन घटेकाले कृषि उत्पादनमा कमी आएको भन्दै यसले कृषि क्षेत्रमा ठूलो चुनौती देखिएको बताए। उनले, “कृषिमा क्रान्ति गर्नको लागि कृषि नीतिलाई सच्याउँनुपर्छ । खेतीमा गरिने खर्चको कमी गरेर उत्पानमा वृद्धि गर्न सके मात्रै किसानलाई फाइदा हुन्छ ।” उनले सरकारले किसान लक्षित कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले वर्षात्को पानी सङ्कलन गरी सिँचाइ गर्नुपर्ने बताए। उहाँले छानाको पानी सङ्कलनदेखि रिचार्ज पोखरी निर्माणविधि अपनाएर पानीको संरक्षण गर्न सकिने धारणा राखे।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ४ : ५६ बजे

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले