१३ पुस २०८२, आइतबार | December 29, 2025

मोदीको कालापानी भ्रमणबारे तत्काल बोलोस : कमल थापा



इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार आत्मसमर्पणबादी भएको आरोप लगायका छन् ।

नेपालको अभिभाज्य भुमी लिम्पियाधुरा, कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणवादी मानसिकताको उपज भएको बताए ।

सुनसरी जिल्लाको इनरुवामा आयोजित विरोध सभामा बोल्दै थापाले सत्तामा पुग्न, टिक्न, चुनाव जित्न विदेशीको आशिर्वाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्नेसमेत दाबी गरेका छन् । थापाले भने, ‘भारतीय प्रमको भ्रमणबारे सरकारले तुरुन्तै कुटनैतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोधोस्’ ।

राष्ट्रपतिको भुमिका पार्टीको छायांको रुपमा रहेको अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आबश्यक रहेकोमा पुनः जिकिर गरेका छन् । सरकार र ठुला भनिने दलहरु भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाउदै थापाले अब यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्नेसमेत बताएका छन ।

धर्मपरिवर्तन, बेरोजगारी ,कुशासन र महङ्गी गणतन्त्रको पर्याय भएको चर्चा गर्दै थापाले संघीयता खारेज गरि सनातन हिन्दु अधिराज्य कायम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, राजाराम बर्तौला, तेजकुमार कुरुम्वाङ्ग, गोपाल कोइराला, चन्दन चौधरी, खड्ग जिसि, खेम ओझा लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रेमप्रसाद भट्टराईको नेतृत्वमा ठुलो समूह राप्रपा नेपाल प्रवेश गरेको थियो भने पुर्ब प्रहरी उपरीक्षक नारायण थापा पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : २५ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र