१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

एनआरएनएहरुलाई एफएनसीसीआई अध्यक्ष ढकालको सुझाव : अब कुरा भन्दा काम थालौँ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनका अवसरमा नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै ढकालले काम मातृभूमिमा देखाउन मिल्ने खालको काम गर्न सुझाव दिए । “अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन् हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ”, उनले भने ।

अहिलेको पुस्ताले कुराभन्दा बढी काम मन पराउन थालेको भन्दै उहाँले उनीहरुले बाहना नपत्याउने बताए । “अहिलेको पुस्ता कुरा होइन काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरुलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरु यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन् । हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरुलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।”

उनले गैरआवासीय नेपालीहरुलाई सम्मेलनमार्फत कुनै ‘प्रोजेक्ट’ सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न समेत सुझाव दिए। “सम्मेलनमार्फत् एउटा प्रतिबद्धता व्यक्त गर्नुहोस्, कुनै ‘प्रोजेक्ट’ नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्को सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस् । त्यो प्रतिबद्धता यहाँहरुले पनि यसै अवसरमा गर्नुहोस् अनि दसैँपछि काम नै थालौँ । त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु ।” उनले विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा आफू पनि जोडिन चाहेको उल्लेख गरे

“म यहाँहरुसँग सहकार्य गर्न हामी पनि आतुर छौँ । जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौँ । तर त्यो पर्याप्त छैन । त्यसैले यसलाई सुरुआत नै मानौँ र अब ठूलै स्केलको केही गरौँ । यहाँहरु विश्वको जुनसकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस र यहीँ काम गरौँ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आफ्नो व्यक्तिगत तर्फबाट सम्मेलनको पूर्ण सफलताको कामना गर्दै अध्यक्ष ढकालले सरकारले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने निर्णयको स्वागत गर्नुभयो । “एकपटकको नेपाली सधैँको नेपाली भन्ने धारणा अब आएर साकार भएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु”, उनले भने, “मलाई लाग्छ हामी नेपाली दाजुभाई जहाँ, जेसुकै कामले र जसरी रहेको भए पनि नेपाली हौँ र सधैँ नेपाली भएरै रहन पाउनुपर्छ । तब पो हामीहरु सबैलाई नेपाली माया र माटोले तानिरहन्छ ।”

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ५ : ३१ बजे

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा

सेन्सर बोर्डको सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा

हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं । लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा-ढल्केवर-दुहवी

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को

नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य