१३ पुस २०८२, आइतबार | December 29, 2025

नेपालमा भ्रष्टाचारले करोड होइन, अर्ब नाघ्न थाल्यो : प्रेम सुवाल



भक्तपुर। संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघ्न थालेको भन्दै रोष प्रकट गरेका छन्।

सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारबाही नहुँंदा भएको बताए। ‘पछिल्लो पटक वाइडबडीमा पाँंच सात अर्वको भ्रष्टाचार भएको बाहिर आएकै हो’, उनले भने, ‘ललितानिवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायतका सवैसवैमा भ्रष्टाचार भएको बाहिर आएकै हो।’

भ्रष्टाचारीलाई मृत्युदण्डको सजाए दिनुपर्ने पार्टी धारणालाई उनले पुनः दोह्याए। संविधानमै शंशोधन गरेर भए पनि भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजाए दिनुपर्ने पार्टीको धारणा रहेको उनले दोहर्या‍ए।

फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरवारमा पठाएर केही नुहने बताए। परराष्टमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुन्जीको भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी दिएर गएको हो भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उनले त्यस्तालाई सिंहदरबार पठाएर मन्त्री बनाएसम्म देश उभो लाग्न नसक्ने दाबी गरे।

उनले इजराइल र प्यालेष्टाइनबीचको युद्धमा मारिएका १० जना निदोर्ष नेपालीको निधनको जिम्मेबारी सरकारले लिनुपर्ने जिकिर पनि गरे। ८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषि नेपाल सरकार रहेको उनको जिकिर थियो।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ५ : ३३ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र