९ श्रावण २०८३, शनिबार | July 25, 2026

राहुल गान्धीको कुकुर विरुद्ध अदालतमा मुद्दा, कुकुरको नाम फेर्नु पर्ने माग



नयाँदिल्ली। भारतीय कांग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो।

कुकुरको यो नामलाई लिएर अहिले विवाद सुरु भएको छ । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीविरुद्ध उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन ९एआईएमआईएम०का राज्य प्रवक्ता मोहम्मद फरहान हुन्।

उनका अनुसार कुकुरको ुनूरीु नाम राखेर उजुरीकर्ताले मुस्लिमहरूको धार्मिक भावनामा चोट पुगेको बताएका छन् । ुनूरीु शब्द विशेषगरी मुस्लिम धर्मसँग जोडिएको र इस्लाम धर्ममा पैगम्बर मोहम्मदसँग सम्बन्धित रहेको उनको भनाइ छ । उनका वकिलका अनुसार कुरान माजिद सुरा नूर आयत ३५ मा पनि ‘नूरी’ शब्द उल्लेख गरिएको छ । उनले मुस्लिम युवतीहरुको नाम पनि ‘नूरी’ रहने गरेको बताए ।

फरहानका अनुसार राहुललाई कुकुरको नाम परिवर्तन गरेर माफी माग्न भनेका थिए तर उनले त्यसो गरेनन र धार्मिक भावनामा चोट पुरयाए । त्यसपछि अदालत जान बाध्य भएको हो । उनले भनेका छन् कि यसो गरेर राहुल गान्धीले मुस्लिम समुदायका केटीहरू र विशेष गरी मोहम्मद पैगम्बरको अपमान गरेका छन्। इस्लाम धर्मको आगमनदेखि अहिलेसम्म कुनै पनि मुस्लिम परिवारले जनावरको नाम ‘नूरी’ राखेका छैनन् ।

अदालतले फरहानलाई नोभेम्बर ८ मा उनको बयान रेकर्ड गर्न बोलाएको छ। उनको उजुरीलाई विचार गरेपछि अदालतले राहुल गान्धीलाई पनि बोलाउन सक्ने बताए ।

खासमा राहुल गान्धीले हालै आफ्नो युट्युब च्यानलमा एक भिडियो सेयर गरेका थिए, जसमा उनले भनेका थिए कि जब उनी गोवा भ्रमणमा थिए, त्यहाँको एक परिवारले उनलाई एउटा कुकुर उपहार दिएको थियो। उनले यो कुकुरलाई दिल्ली ल्याए र त्यसपछि उनले यो कुकुर आफ्नी आमालाई उपहार दिए। भिडियोमा उनले ुम तिमीलाई ९सोनिया गान्धी० मेरो परिवारको नयाँ सदस्य, जसको नाम नूरी हो, सँग परिचय गराउन चाहन्छुु भनेको सुन्न सकिन्छ।

त्यसपछि राहुलले यो कुकुर उनले आफ्नी आमालाई दिन्छन। यो भिडियो सार्बजनिक भए पछि अदालत पुगेका हुन ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : ०७ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक