२ पुस २०८२, बुधबार | December 18, 2025

पश्चिम चीनको सिनजियाङ प्रान्तमा कोरोना भाइरस फैलिएपछि उरूमची शहर युद्ध जस्तो अवस्थामा



देशभर कोरोना भाइरस नियन्त्रणमा सफलता प्राप्त गरेको चीनका लागि पश्चिमी प्रान्त शिनजियाङमा पछिल्ला दिनमा देखिएको भाइरस संक्रमणले फेरि तनाव थपेको छ ।

शिनजियाङ प्रान्तको राजधानी उरूमचीलाई चिनियाँ अधिकारीहरुले यतिबेला युद्धको अवस्थामा रहेको क्षेत्रको रुपमा घोषणा गरेका छन् ।

शनिबार कोरोना भाइरसका १७ जना नयाँ संक्रमित थपिए पछि चिनियाँ अधिकारीहरुले मानिसहरुको आवतजावतमा नियन्त्रण गरेका छन् । यद्यपी यो संख्या भने निकै कम हो ।

पत्रकार सम्मेलनमा अधिकारीले भने, पुरै शहर युद्धको स्थितिमा पुगेको छ । सबै प्रकारको सामुहिक गतिविधिमा रोक लगाइएको छ ।

आम मानिसलाई एक घरबाट अर्को घरमा जान पनि रोक लगाइएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन शहरका बासिन्दालाई आग्रह गरिएको छ ।

जुन क्षेत्रमा नयाँ संक्रमित देखिएको छ, त्यहाँका सबै बासिन्दाको स्वास्थ्य चेक जाँच गरिने भएको छ । यसपछि पुरै उरमकी शहरमा चेकजाँच गरिनेछ ।

गत वर्ष मध्य चीनको उहान शहरमा गत वर्षको डिसेम्बरमा कोरोना भाइरसको महामारी फैलिन सुरुभएपछि चीनले निकै छिटो नियन्त्रणमा सफलता प्राप्त गरेको थियो ।

चीन यस समय कोभिड १९ को संक्रमण या त्यसबाट हुने मृत्युको मामिलामा विश्वका २० देशको सूचिमा पनि सामेल छैन ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा कोरोना भाइरसका ८५ हजार संक्रमण मामिला रेकर्ड रहेको छ । जहाँ ४ हजार ६ सय जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ३५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल