५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पश्चिम चीनको सिनजियाङ प्रान्तमा कोरोना भाइरस फैलिएपछि उरूमची शहर युद्ध जस्तो अवस्थामा



देशभर कोरोना भाइरस नियन्त्रणमा सफलता प्राप्त गरेको चीनका लागि पश्चिमी प्रान्त शिनजियाङमा पछिल्ला दिनमा देखिएको भाइरस संक्रमणले फेरि तनाव थपेको छ ।

शिनजियाङ प्रान्तको राजधानी उरूमचीलाई चिनियाँ अधिकारीहरुले यतिबेला युद्धको अवस्थामा रहेको क्षेत्रको रुपमा घोषणा गरेका छन् ।

शनिबार कोरोना भाइरसका १७ जना नयाँ संक्रमित थपिए पछि चिनियाँ अधिकारीहरुले मानिसहरुको आवतजावतमा नियन्त्रण गरेका छन् । यद्यपी यो संख्या भने निकै कम हो ।

पत्रकार सम्मेलनमा अधिकारीले भने, पुरै शहर युद्धको स्थितिमा पुगेको छ । सबै प्रकारको सामुहिक गतिविधिमा रोक लगाइएको छ ।

आम मानिसलाई एक घरबाट अर्को घरमा जान पनि रोक लगाइएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन शहरका बासिन्दालाई आग्रह गरिएको छ ।

जुन क्षेत्रमा नयाँ संक्रमित देखिएको छ, त्यहाँका सबै बासिन्दाको स्वास्थ्य चेक जाँच गरिने भएको छ । यसपछि पुरै उरमकी शहरमा चेकजाँच गरिनेछ ।

गत वर्ष मध्य चीनको उहान शहरमा गत वर्षको डिसेम्बरमा कोरोना भाइरसको महामारी फैलिन सुरुभएपछि चीनले निकै छिटो नियन्त्रणमा सफलता प्राप्त गरेको थियो ।

चीन यस समय कोभिड १९ को संक्रमण या त्यसबाट हुने मृत्युको मामिलामा विश्वका २० देशको सूचिमा पनि सामेल छैन ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा कोरोना भाइरसका ८५ हजार संक्रमण मामिला रेकर्ड रहेको छ । जहाँ ४ हजार ६ सय जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ३५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं