७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

जापानलाई पराजित गर्दै नेपाल यू-१९ एसिया कपका लागि छनोट



काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान सुरक्षित गरेको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । अपराजित नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै यू-१९ एसिया कपका लागि पनि छनोट भएको हो ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो । त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो । नेपालले ५० ओभर खेल्न ब्याटिङ सुरु गरेको र वर्षाले बिथोलेपछि डकवर्थ लेविस पद्दतिबाट जापानले सो लक्ष्य पाएको थियो ।

नेपालका लागि लागि ओपनर दीपक बोहोराले ७० बलमा ७९ रन जोडे । १० चौका र २ छक्का प्रहार गरेका उनी कज़ुमा काटोको बाउन्सरमा कट बिहाईन्ड भएका थिए ।

दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा क्याच आउट भएका थिए । २३ बलमा १ चौका प्रहार गरेका उनी डिप स्क्वायर लेगमा क्याच आउट भएका थिए ।

हाल क्रिजमा रहेका आकाशले ३५ रन र कप्तान देव खनालले ८ रन जोड्दा आकाशले ४७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जवाफमा जापान ११।५ ओभरमा ४३ रनमा अलआउट भएको थियो । जापानका शोतारो हिरात्सुकाले १५ र किफ़र यामामोटोले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले ३(३ विकेट लिए । सुभाष भण्डारीले २ र आकाश चन्दले १ विकेट हात पारे ।

नेपाल र जापान दुवै आ-आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । नेपालले अब मंगलबार हुने फाइनलमा यूएईको सामना गर्नेछ । यूएईले अर्को सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो ।

प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन् । नेपाल र यूएई एसिया कपमा पुगेका छन् । अब जापान र सिंगापुरले तेस्रो स्थान र एसिया कपमा स्थान बनाउन खेल्नेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ३ : २३ बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज