८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

हमासको लगानीको अनुसन्धान गर्दै स्विट्जरल्यान्ड



जेनेभा । स्विट्जरल्यान्डले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण नगरे पनि उसको सम्भावित लगानीको स्वीस न्यायपालिकाले अनुसन्धान गरिरहेको महान्यायाधिवक्ताले शनिबार बताएका छन ।

महान्यायाधिवक्ता स्टेफन ब्ल्याटरले स्विस सार्वजनिक रेडियो स्टेसन एसआरएफमा धेरै विवरण उल्लेख नगरी हमासले अक्टोबर ७ मा इजराइलमाथि हमला गर्नुभन्दा ‘कयौँ सातापहिला’ अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

महान्यायाधिवक्ताको कार्यालयले पछि एएफपीलाई ‘स्विट्जरल्यान्डलाई हमासको लगानीको आशङ्का’ मा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

युरोपेली युनियन र अमेरिकाविपरीत स्विट्जरल्यान्डले हमासमाथि प्रतिबन्ध लगाएको छैन किनकी अनुसन्धान कठिन हुने अपेक्षा गरिएको छ । तर हमासले इजराइलमाथि हमला गरेपछि स्विस सरकारलाई कारबाही अगाडि बढाउन माग बढ्न थालेसँगै त्यसको प्रतिक्रियास्वरूप अनुसन्धान सुरु गर्न बल प्राप्त भएको छ ।

हमलाको चार दिनपछि सरकारले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण गर्नुपर्छ भन्ने विचारमा रहेको बताएको छ ।

आक्रमणपछि गठन गरिएको मध्यपूर्व टास्क फोर्सलाई इस्लामिक लडाकू समूहलाई ‘आतङ्कवादी’ का रूपमा वर्गीकरण गर्ने विकल्पहरूको अध्ययन गर्ने जिम्मा दिइएको छ तर स्विस सरकारले उक्त विषयमा कुनै समयसीमा दिएको छैन ।

हमलाको दुई दिनपछि स्विस राष्ट्रपति इग्नाजियो क्यासिसले संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएका संस्थाहरूमाथि मात्र सरकारले प्रतिबन्ध लगाउन सक्ने तर्क दिएका थिए ।

राष्ट्रसङ्घले प्रतिबन्ध लगाएकै कारण अल-कायदा र इस्लामिक स्टेट समूहका साथै केही सम्बन्धित सङ्गठन मात्र हाल स्विट्जरल्यान्डमा प्रतिबन्धित छन् । संसद्मा हमासमाथि प्रतिबन्ध लगाउने अहिलेसम्मका सबै प्रयास असफल भएका छन् तर तल्लो सदनको एक समितिले हालै एउटा नयाँ प्रस्ताव पेस गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : १३ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि