६ पुस २०८२, आइतबार | December 21, 2025

चाडपर्वको बेला गाउँमा नै रमाइलो



दमौली । तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दशैँ मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन ।

“ हामी प्रत्येक वर्षको फूलपातीमा दशैँ मनाउन गाउँ जान्छौ, गाउँमा नै दशैँ मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा शाहको परिवार दसैं मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ ।

अन्य ठाउँमा रहेका आफन्तहरु पनि दशैँ मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ । उनले भने, “दशैँका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ ।”

दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै गए । “दशैँ गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु,” उनले भने ।

दशैँका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ । बजार क्षेत्रका मानिसहरु दशैँ मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो ।

दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दशैँ मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ । अन्य समयमा यातायातको चाप रहने यहाँ दशैँको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ । यहाँका धेरैजसो पसलहरु बन्द भएका छन् ।

मुख्य व्यापारिक केन्द्रहरु दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दशैँले प्रभाव पारेको छ । सर्वसाधारण दशैँका लागि किनमेल गरेर दशैँ मनाउन ब्यस्त छन् । शुक्रबारसम्म बजारका पसलहरुमा राम्रो व्यापार भएपनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए । उनले भने, “शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ ।”

जिल्लाका ग्रामीण भेगहरुमा भने दशैँको उल्लासमय वातावरण रहेको छ । विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दशैँको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन् ।

अन्य समयमा आ-आफ्नो काममा व्यस्त रहने आफन्तहरुको भेटघाटले ग्रामीण भेगहरुमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका-९ का शिवकुमार आलेले बताए । उनले भने, “वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाई चाडपर्वको बेला गाउँमा भेट हुन्छन् ।”

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : २२ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन