६ पुस २०८२, आइतबार | December 21, 2025

स्वास्थ्यको ख्याल गर्दै दशैँ मनाउन एमाले रुपन्देहीका अध्यक्ष केसीको आग्रह



बुटवल । नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले नेपालीहरुको महानचाड विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुप्रति शुभकामना व्यक्त गरेका छन् ।

उनले एक शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधता रहेको उल्लेख गर्दै नागरिकबीचको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्ने बताएका छन् ।

अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेकोले सहजरुपमा चाडपर्व मनाउने अवस्था नरहेको भन्दै सन्देशमा अध्यक्ष केसीले यस विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको पूर्ण ख्याल गरी दसैं पर्व मनाउन सबै नेपालीहरुमा अपिल गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : ३० बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट