काठमाडौं । गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत सेढाईंको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत मनाङ एयरले जनाएको छ ।
गत शनिबार उनले चलाएको मनाङ एयरको ९एन–एएनजे हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो ।
सो दुर्घटनामा परेर गम्भीर घाइते भएका सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार हुन नसेपछि उनलाई एयरलिफ्ट गरेर मुम्बई लगिएको थियो ।
दुर्घटनामा सेढाईंको ५० प्रतिशत शरीर जलेको थियो ।




















प्रतिक्रिया