१५ पुस २०८२, मंगलबार | December 30, 2025

वरिष्ठ क्याप्टेन सेढाईंको अन्त्यष्टि



काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते भएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।

क्याप्टेन सेढाईंको पार्थिव शरीर आजै काठमाडौँ ल्याइएको मृतकका मामा एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले जानकारी दिए । दुर्घटनामा घाइते सेढाईंको काठमाडौँमा उपचार हुन नसकेपछि भारत लगिएको थियो ।

क्याप्टेन सेढाईँको पत्नी, एक छोरा र एक छोरी छन् । स्व सेढाईंलाई छोरा सौहार्द्रले दागबत्ती दिए । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता अर्जुननरसिंह केसी, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङ, पूर्वमन्त्री शङ्कर कोइरालासहित धादिङबाट काठमाडौँ आई बसोबास गर्ने धादिङ्गबासी तथा हवाई उड्डयन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।

विभिन्न एयरलाइन्स कम्पनीसँग आबद्ध भई करिब २५ वर्ष सेवा गरेका क्याप्टेन सेढाईं लामो समयदेखि मनाङ एयरलाइन्समा वरिष्ठ क्याप्टेनका रुपमा कार्यरत थिए । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रबाट पर्यटक, तीर्थयात्री र बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा स्व सेढाईंको अतुलनीय योगदान रहेको मनाङ एयरले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ८ : १५ बजे

नेपालगन्ज भन्सार : पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन, लक्ष्यमा कमजोर

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

बीचसडकमा ग्याँसबुलेट पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक

संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय

६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक