३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

गाजामा अर्काे चरणकाे युद्ध सुरू गरिएकाे इजरायलकाे घाेषणा



तेल अहिब । इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औं दिनमा पुगेको छ ।

यसबिचमा भएका आक्रामणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाईसकेका छन् ।

गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथी आक्रामण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकासतिनै स्थानवाट आक्रामण गरिरहेको छ ।

संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आब्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आब्हानलाई अस्विकार गरेका थिए । उनीहरुले युद्ध जारी राख्ने पक्षमा आफनो मत प्रकट गरेका थिए  ।

हिजो मात्रै युद्द रोक्नका लागि राष्ट्र संघले गरेको आब्हानलाइ अस्विकार गर्दै गाजामा इजरायलको युद्ध  ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रबक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन ।

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौं।’

यसैबीच इजरायली प्रधानमन्त्री नेतान्याहुले ‘गाजा भित्रको युद्ध लामो हुने ’ चेतावनी दिएका थिए । उनका अनुसार यस चरणको लक्ष्य हमासलाई नष्ट गर्ने र आतंकवादी समूहद्वारा बन्धकहरूलाई फिर्ता गर्ने हो।

इजरायलमा हमासले अक्टोबर ८ मा गरेको हमला पछि जमिनमार्फत आक्रमणको व्यापक अपेक्षा गरिएको थियो । तर, यो क्षेत्रको ठूलो मात्रामा कब्जा गर्ने र कब्जा गर्ने उद्देश्यले कुनै ठूलो अपरेशन अझै चलिरहेको नदेखिरहेको बेला इजरायलले दोस्रो चरणको युद्ध सुरु भएको बताएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : २८ बजे

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना

बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट