२३ भदौ २०८३, मंगलबार | September 8, 2026

विश्व शान्ति र दिगो विकास लक्ष्य प्राप्तिमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड



काठमाडौ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ रात्रिभोजको आयोजना गरेका छन् ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा समृद्धिको मार्गमा अघि बढाएकोे बताए । शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने क्रममा रहेका उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त नेपालको परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्त भएको प्रधानमन्त्रीले उल्लेख गरे । “संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले शान्ति ‘मिसन’मार्फत अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनार्थ गरेको योगदानप्रति हामीलाई गर्व छ । हाम्रो व्यावसायिक एवम् मर्यादित सेना तथा प्रहरीले कठिन परिस्थितिमा पनि निःस्वार्थ भावका साथ सेवा प्रभाव गरेका छन्”, प्रधानमन्त्रीले भने ।

नेपालको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घको सहयोग उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रमा पु¥याएको सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न सहज भएको बताए ।

प्रधानमन्त्रीले इटाली र न्यूयोर्कमा महासचिव गुटेरेससँग भएका पछिल्ला भेटवार्ताको सम्झना गर्दै नेपालको शान्ति प्रक्रियाका निम्ति संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगको सराहना गरे ।

समारोहमा सभामुख देवराज घिमिरे, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थिति थियो । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, पूर्वपरराष्ट्रमन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, उद्योगी व्यवसायी, वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : ३३ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३