४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवल बसपार्कबाट देबीनगरका पेशवर पकेटमार बस्याल पक्राउ



बुटवल । बुटवल बसपार्कबाट एकजना पेशेवर पकेटमारलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक सवारीका साधन तथा सार्वजनिक थलोहरुमा लुटपाट गर्ने र पकेटमारको काम गर्ने एक पुरुषलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उप(महानगरपालिका वडा नम्बर ११ प्रगतिनगर बस्ने ४६ वर्षीय प्रवेश बस्याल रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले बस्याललाई आइतबार बेलुका बुटवल(९ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बसपार्क क्षेत्रमा रातीको समयमा लुटपात गर्ने र सवारी साधनमा यात्रुहरुको पाकेट मार्ने गरिएको गुनासो आएपछि प्रहरीले बसपार्क क्षेत्रमा निगरानी बढाएको थियो । बस्यालले बुटवल(भैरहवा सडक खण्डमा चल्ने सार्वजनिक यातायातमा सवार गर्ने यात्रुहरुलाई लुटपाट तथा पकेटमार गर्ने गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

उनलाई लुटपात तथा चोरी अभियोगमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ०५ बजे

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ