१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले मंगलबार विज्ञप्ति जारी गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । नयाँ मूल्य बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ ।

नयाँ मूल्य समायोजनापछि अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर १६८ रुपैयाँ थियो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने निगमले घटाएको छैन । यसअघिको मूल्य समायोजनामा पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : १३ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त