७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बुटवलमा आतिसबाजी/पटाकाको तस्करी गर्ने एकजना पक्राउ

दीपावली नजिकिएसँगै आतिसबाजी/पटाका तस्करी बढ्यो



बुटवल । दीपावली नजिकिएसँगै भारतीय सीमानाकाहरुबाट पटाका र आतिसबाजीको तस्करी गर्नेहरु सक्रिय भएका छन् । प्रहरीले कडाई गरेको बताएपनि तिहार आउन २ साता बाँकी छँदै शहरबजारमा पटाका पड्कीन सुरु भइसकेको छ ।

शहरबजारमा पटाका पड्कीन थालेपछि प्रहरीले पनि सक्रियता बढाएको जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले ठुलो परिणाममा पटाका सहित एकजनालाई पक्राउ गरेको छ । बुटवल-६ सुन्दरनगरमा भण्डारण गरेर राखिएको ठुलो परिमाणको पटाका सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

बुटवल ६ खयरघारी सुन्दरनगर स्थीत सुरज गुप्ताको घरमा भण्डार गरी राखेको बिभिन्न नामका र बिभिन्न आकारका ३ लाख ३७ हजार ९८१ बराबरको पटाका सहित बुटवल-५ का २१ वर्षीय सुरज गुप्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : १७ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना