२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

होटल पौवा बुटवलमा हुने सराय नाच प्रदर्शनीको तयारी पूरा



बुटवल । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले होटल पौवाले शुक्रबार बुटवलमा आयोजना गर्ने सराय नाच प्रदर्शनीको तयारी पूरा भएको छ । तिलत्तमा-३ मा अवस्थित होटल पौवाले शुक्रबार साँझ ५:३० बजेदेखि सराय प्रदर्शन गरिने  ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले बताए ।

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरुमा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरिएको उनले बताए । गुल्मीको पल्लीकोटबाट आएका कलाकारहरुको टोलीले सरायसँगै अन्य साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिने उनले बताए ।

सो अवसरमा सेलरोटी, बटुक, चुकौनी लगायतका टिपिकल नेपाली परिकारको स्टलहरु समेत राखिने योगीकुटी शाखाका व्यवस्थापक निशान खरेलले जानकारी दिए । पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गरिरहेको दाबी गरे ।

‘नेपालका लागि नेपाली आतिथ्यता’-भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् ।

विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको होटलका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । पर्यटन प्रवर्द्धनमा  देशको कला, संस्कृति, रहनसहन, भेषभुषा, खानपिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको दाबी गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ५ : ३३ बजे

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल