२० भदौ २०८३, शनिबार | September 5, 2026

आज साँझ होटल पौवा योगीकुटीमा सराय नाच प्रदर्शन गरिँदै



बुटवल । होटल पौवा योगीकुटीमा आज सराय नृत्य प्रदर्शन हुँदैछ । तिलोत्तमा-३ योगीकुटीमा रहेको होटल पौवाको बुटवल शाखामा आज सराय नृत्यु प्रदर्शन गरिने होटल पौवाले जनाएको छ । साँझ ५ः३० बजेदेखि सराय प्रदर्शन गरिने पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले बताए ।

लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले होटल पौवाले शुक्रबार बुटवलमा आयोजना गर्ने सराय नाच प्रदर्शन गर्न थालेको भण्डारीले बताए ।

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरुमा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरिएको उनले बताए । होटलका अनुसार गुल्मीको पल्लीकोटबाट आएका कलाकारहरुको टोलीले सरायसँगै अन्य साँस्कृतिक नृत्य समेत प्रस्तुत गर्नेछन् ।

सो अवसरमा सेलरोटी, बटुक, चुकौनी लगायतका टिपिकल नेपाली परिकारको स्टलहरु समेत राखिने योगीकुटी शाखाका व्यवस्थापक निशान खरेलले जानकारी दिए । पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई विशेष महत्व दिएर मनाउँदै आएको छ ।

‘नेपालका लागि नेपाली आतिथ्यता’(भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट सेवा दिँदै आएको छ । कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । निकट भविश्यमा नेपालगन्जबाट पनि होटलको सेवा संचालन हुने होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको होटलका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । पर्यटन प्रवर्द्धनमा देशको कला, संस्कृति, रहनसहन, भेषभुषा, खानपिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको दाबी गरे ।

होटलले दसैं तिहारलाई लक्षित गर्दै भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङ राखेर आफ्ना ग्राहकलाई पिङको मज्जा लिने सेवा पनि दिँदै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ५० बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २