७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

सरकारले आज पनि भिटामिन ए खुवाउँदै



काठमाडौं । सरकारले आज पनि भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा हिजो र आज भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ ।

तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरुको महान पर्व बडा दशैं परे पछि पुर्व निर्धारित मिति सार्नु परेको थियो । जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो ।

दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसका अनुसार सोही कार्यक्रम अन्तर्गत हिजो र आज गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ३७ बजे

बुटवलमा अत्याधुनिक अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन (भिडियोसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्