२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक



काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् ।

रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् । रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो ।

यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तरराष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा नेपाली विद्यार्थी शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए । आलमको स्वर्ण पदक अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ७ : ४१ बजे

Your email address will not be published.

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

महोत्तरी । लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले