१ आश्विन २०८३, बिहिबार | September 17, 2026

प्रसिद्द कृषि सहकारी सस्था लिमिटेडको शुभकामना आदानप्रदान तथा सातौं वार्षिक साधारणसभा सम्पन्न



बुटवल । बुटवल उपमहानगर वडा नम्बर-६ सुन्दरनगरमा अवस्थित प्रसिद्द कृषि सहकारी सस्था लिमिटेडको शुभकामना आदानप्रदान तथा सातौं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।

सहकारीले शुभ दिपावली, छ्ठ पर्व तथा नेपाल सवतको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा सातौं वार्षिक साधारणसभा सप्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगर वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने मुलुकका धेरै सहकारीहरु आर्थिक अपचलन गर्दा संकटमा परिरहेको बताउँदै उनले संस्था र सदस्यहरुको हित अनुरुप चल्नु पर्नेमा जोड दिए ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकि अध्यक्ष रीम कुमारी श्रेष्ठले सहकारीलाई सबल बनाउनका लागि शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा सञ्चालन  गरिनुका साथै सञ्चालक समिति, लेखा समिति, उप समिति तथा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि, नेतृत्व विकास लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिइन ।

कार्यक्रममा सर्वोत्कृष्ट बचतकर्ताको रुपमा सहकारीका सेयर सदस्य रुद्र बहादुर दमाई सम्मान गरिएको थियो ।

वि.स २०७३ सालमा स्थापना भएको सहकारीमा २०२ जना शेयर सदस्यहरु रहेको छन । सहकारीले यसवर्ष १५ लाख ४१ हजार ९ सय ३०.६२ रुपैयाँ कुल आम्दानी गरेको छ भने आषाढ मसान्तसम्म ३० लाख २३ हजार २०० रुपैयाँ शेयर रकम रहेको छ । सहकारीमा हाल सम्म १ करोड ४५ लाख ९८ हजार ९००.११ रुपैयाँ कुल पुजि रहेको छ ।

कार्यक्रममा सुन्दरनगर टोल विकाश समितिका अध्यक्ष पुर्ण बहादुर बिक, नेपाल पत्रकार महासघ रुपन्देहीका उपाध्यक्ष तथा सहकारीका सल्लाहकार विस्वाश ढकाल, सस्थाका सस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार बिरमान लामा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संचालन सस्थाको सचीव राजकुमार भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ०४ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको