२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

बुटवलमा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा सचेतना कार्यक्रम गरिने



बुटवल । बुटवलमा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा विशेष कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले घोषणा गरेको नोभेम्बर महिनाको तेस्रो आईतबार पारेर बुटवलमा ‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ मनाईने भएको हो ।

सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफटी र रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, रिजन ५ को संयुक्त आयोजनामा रुपन्देहीमा सचेतनामुलक अभिमुखिकरण, स्कुटी रयाली र मैनबत्ती प्रज्वलन गरि सप्ताहब्यापी स्मृति दिवस मनाईने आयोजकहरुले जनाएका छन् ।

आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सडक दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको सम्झना र उक्त दुर्घटनाका कारण आफन्तले भोग्नुपरेको भावनात्मक तथा ब्यवहारिक परिणामको दुर्दशालाई न्युनिकरण गर्न सहयोग पुग्ने गरि विश्वभर नै नोभेम्बेर तेस्रो आईतबार दिवस मनाईदै आएको जानकारी दिए । रुपन्देहीमा विभिन्न सरोकारवाला संस्थाहरुको सहकार्यमा सुरक्षित यात्रा अभियान नेपाल र मिडिया एक्सन फर रोड सेफटीबाट विगत लामोसमयदेखी सचेतना, अभिमुखिकरणका कार्यक्रम संचालन गर्दै आएको उनले बताए ।

मंसिर २ गते अनुशिक्षण तथा मंसिर ३ गते सडक दुर्घटनाहरुमा मृत्यु हुनेहरुको स्मृतिमा योगीकुटीबाट मणिग्राम र फेरी योगीकुटीसम्म सचेतनामुलक स्कुटी रयाली गरिने उनले जानकारी दिए । सोहीदिनको साँझ दुर्घटनामा परि मृत्यु भएकाहरुको समझानामा दीप प्रज्वलन कार्यक्रम गरिने उनले बताए ।

पाण्डेका अनुसार कार्यक्रममा सहभागी २ सय स्कुटी चालकलाई टिसर्ट र २५ जनालाई लक्की ड्र को आधारमा हेल्मेट वितरण गरिने छ । यसैगरि क्विज मार्फत थप १० जनालाई हेल्मेट वितरण गरिने उनले बताए । यो वर्ष बढीभन्दा बढी महिला स्कुटर चालकलाई लक्षित गरि सडक सुरक्षाको विषयमा अनुशिक्षण, विद्यार्थीहरुलाई सुरक्षित सडक प्रयोगबारे अनुशिक्षण, सचेतनामुलक स्कुटर रयाली तथा पाँच सय बढी सरोकारवालाहरुको सहभागीमा मैनबत्ती प्रज्वलन कार्यक्रम गरिने छ ।

कार्यक्रममा मिडिया एक्सन फर रोड सेफटीका संयोजक स्वस्तिक श्रेष्ठले सडक सुरक्षा, यात्रु सुरक्षा, सचेतनासंग जोडेर अभियान चलाउने उदेश्यका साथ बिसं २०६६ सालमा स्थापना भएर निरन्तर कार्यक्रम गर्दै आएको बताए । दुर्घटनाको हिसाबमा लुम्बिनी प्रदेशमा प्रत्येक वर्ष साढे पाचसय बढीले मृत्युवरण गरेको तथ्याँकमा देखिएको भन्दै यस विषयमा सरोकारवाला निकायको जागरुकता आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ०७ बजे

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त