१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

सञ्चार गृहबाट निस्काशित पत्रकारको तलव भत्ता सरकारले भुक्तानी गर्नुपर्छ : नेपाली कांग्रेस



काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को बाहाना बनाउँदै मिडिया हाउसहरुले पत्रकारलाई निश्कासन गरेकोप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले चासो देखाएको छ ।

पत्रकार महासंघको जारी आन्दोलन र कोभिड १९ का कारण श्रमजीवि पत्रकार र सञ्चारमाध्यमले भोगेका समस्याको विषयमा नेपाली कांग्रेसले पत्रकारहरुसंग अन्तरक्रिया समेत गरेको छ ।

कोरोना संकटको अवस्थामा जागिरबाट निकालिएका श्रमजीवि र सञ्चारमाध्यमहरुको विषयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग कांग्रेसले अन्तरक्रिया गरेको हो ।

कांग्रेसले महासंघका पदाधिकारीहरुसँग छलफल गरेको गर्दै जनताको आवाज बाल्ने श्रमजीविहरुको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने माग समेत गरेको छ । कांग्रेसको तर्फबाट प्रकाशशरण महत, एनपी साउँद, चन्द्र भण्डारी लगायत नेताहरुले महासंघका पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

अन्तरक्रियामा बोल्दै कांग्रेस नेता साउदले पत्रकारहरु निकाल्ने सञ्चारमाध्यममा गएर कांग्रेसले सञ्चालकहरुका कुरा सुनिरहेको बताए ।

अर्का कांग्रेस नेता प्रकाशशरण महतले अहिलेको अफ्ठ्यारो अवस्थामा पत्रकारहरुलाई पेशाबाट विस्थापित गर्ने कार्यको विरोध गरे । उनले तत्काल जिम्मेवारीबाट हटाइएका पत्रकारहरुको पुर्नवाहली हुनुपर्ने माग कांग्रेसको रहेको बताए । मिडिया हाउसले पत्रकारहरुलाई पुनस्र्थापना नगर्दासम्म सरकारले तलब र भत्ताको व्यवस्था गर्नुपर्ने बताए ।

अन्तरक्रियामा महासंघका अध्यक्ष गोविन्द आचार्यले जनताको आवाज बोल्ने पत्रकारहरुको जागिर नै खोसिएपछि मिडियाले जनताका समस्या कसरी बोल्छ भन्दै प्रश्न गरेका थिए । उनले २० औं वर्षसम्म अर्बौं नाफा कमाउने सञ्चार माध्यमहरुले अफ्ठ्यारो बेलामा कर्मचारीका लागि १, २ करोड खर्च गर्न नसकेकोमा दुःख ब्यक्त गरे । आचार्यले बाध्य भएर महासंघ कर्मचारी निकाल्ने सञ्चारमाध्यमहरुको दैलोमा धर्ना बसेको स्पष्ट पारे ।

कोरोनालाई बाहाना बनाएर पछिल्लो समय धेरै सञ्चार माध्यमहरुले पत्रकारहरुलाई धमाधम जिम्मेवारी मुक्त गरिरहेका छन् । वर्षौसम्म काम गरिरहेको कर्मचारी र पत्रकारहरु समेत धमाधम जागिरबाट निकालिन थालेपछि महासंघ आन्दोलित भएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : २१ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका