९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाल विद्यार्थी संघ रुपन्देहीद्धारा भूकम्पबाट प्रभावितको लागि राहत संकलन



बुटवल । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुपन्देहीले जाजरकोट भूकम्पबाट प्रभावितको लागि राहत संकलन गरी प्रस्थान गरेको छ । जिल्ला सभापति सन्दीप पाण्डेका अनुसार सोमबार राहत सामग्री जाजरकोट पठाइएको हो ।

रुपन्देहीका विभिन्न व्याक्तिहरु संग संकलन गरिएको चामल १ सय बोरा, सोयाविन ४० बोरा, चाउचाउ १०० कार्टुन, खाने तेल २५ कार्टुन, त्रिपाल २५ थान र चिउरा १० बोरा सहित अध्यक्ष पाण्डे, कोषाध्यक्ष रोशन थापा लगायतको टोली जाजरकोट प्रस्थान गरेको हो ।

राहत टोलीलाई विदाई गर्दै नेपाल तरुण दल रुपन्देहीका जिल्ला उपाध्यक्ष प्रशान्त कोईरालाले संकलन गरेको राहत पिडीत सामु पु¥याउनु अहिलेको आवश्यकता रहेको बताएका थिए ।

उनले विपतको बेलामा सबैले मानवियहितको लागि समेत सहयोग गर्नुपर्ने भन्दै उनले अन्य स्थानबाट पनि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएका थिए । राहत टोली जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा लगेर प्रसासनको सहभागीतामा बुझाउने कार्यक्रम रहेको नेपाल तरुण दलका क्षेत्रीय सदस्य अमृत गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : ५६ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११