७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

भूकम्पपीडितको गुनासो : ‘त्रिपाल पनि पाएका छैनौँ’



रुकुम पश्चिम । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

भूकम्पबाट रुकुमपश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौँ घरहरुमा पूर्ण रुपमा क्षति पुग्यो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१३ भल्माका ४१ वर्षीया हरिबहादुर ओलीको घर नि बस्नै नमिल्ने गरी भूकम्पले पूर्णरुपमा क्षति गर्‍यो । उनको घरमा क्षति गर्नुका साथै परिवारका चार सदस्य घाइते भएका छन् । घाइते हुनेमा हरिबहादुरसहित उनकी श्रीमती र दुई छोरा छन् ।

भूकम्पले भत्काएको घरमा आफूसहित पूरै परिवार पुरिएको हरिबहादुरले सुनाए । “मरिन्छ कि भन्ने लागेको थियो धन्न बाचियो । स्थानीयवासीले रातिनै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो । स्थानीयवासीले तत्काल पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भइयो”, उनले भने ।

उपचारका लागि चारै जनालाई नगर अस्पताल राडी पुर्‍याएको थियो । अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएको ओलीले बताए । घर फर्किएपछि सरकारले दिएको राहतको नाममा एउटा त्रिपालबाहेक अन्य कुनै सामग्री नपाएको उनले गुनासो गरे ।

“राहतको नाममा त्रिपाल आयो । एउटा घरमै त्रिपाल थियो । अहिले राहतको असमा त्रिपाल मुनी बसिरहेका छौँ । चिसो बढेकाले रात कटाउन निकै मुस्किल भइरहेको छ”, ओलीले भने, “अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ । राहतको पर्खाइमै छौँ । पालिकामा धेरै सामग्री आएको छ भन्ने सुन्छु । हामीले त त्रिपाल बाहेक केही आएका छैनौँ ।” घर नजिकै पसल भएकाले उदारोमा चामल, दाल, तेल, नून लिएर खाइरहेको उनले बताए ।

“राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन”, ओलीले भने, “सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।”

वडामै नौ जनाको मृत्यु भएको हुँदा आफ्नो घर पूर्णरूपमा क्षति भए पनि परिवार बाँच्न सफल भएकोमा खुसी लागेको उनले सुनाए । वडा नं १३ मा मात्रै चार सय तीस घर पूर्णरुपमा क्षति भएका वडा कार्यालयले जनाएको मा छ ।

एक सय सत्र घर आंशिक क्षति भएको र ५५ घर सामान्य क्षति भएको वडा सचिव चक्रबहादुर डिसीले जानकारी दिए । उनका अनुसार पूर्णरुपमा क्षति भएका घरपरिवारका लागि त्रिपाल मात्रै आएको र अन्य खाद्यान्न सामग्री आइनसकेको उनले बताए ।

“आंशिक क्षति भएकाले भने त्रिपालसमेत पाएका छैनन् । पालिकाबाट राहत सामग्री आएपछि वितरण गर्ने छौँ”, डिसीले भने । उनका अनुसार मृतकका परिवारले रू २५ हजार किरिया खर्चसहित खाद्यान्न सामग्री पाइसकेका छन् ।

राहत वितरणको काम भइरहे पनि सबै ठाउँमा राहत वितरण गर्न नसकिएको नगर प्रमुख रवि केसीले स्वीकार गरे । भूकम्पमा परी रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको थियो भने भौतिक संरचना पनि ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : ४४ बजे

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौँ । मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच

निलो स्कार्फ सम्झाउँदै कांग्रेसको प्रश्न – ‘त्यो संसदीय थियो भने अहिलेको विरोध कसरी अमर्यादित ?’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले अघिल्लो प्रतिनिधिसभामा