१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

वानले बुझायो सामाजिक विकास मन्त्रालय लुम्बिनीमा ध्यानाकर्षण पत्र



रुपन्देही । ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (वान) ले लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सन्देशमूलक सूचना, विज्ञापन तथा कार्यक्रमहरु सम्पुर्ण रेडियोहरुमा विनाभेदभाव, सामानुपातिक तथा वैज्ञानिक ढंगले वितरण गर्नुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

वानका लुम्बिनी प्रदेश संयोजक युगराज वस्याल सहितको टोलीले सामाजिक विकास मन्त्रालयका निमित्त कार्यालय प्रमुख थानेश्वर ज्ञवालीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले यहि मिति २०८० कार्तिक १३ गते प्रकाशन गरेको सूचना प्रति गम्भिर धानाकर्षण भएको भन्दै नियम संगत सञ्चालित प्रदेश भरका सबै एफ।एम रेडियोहरुलाई समेट्ने गरि सामानरुपमा व्यावहार गर्नुपर्ने माग राखेको छ ।

सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको सूचनामा केहि वर्गका रेडियोलाई मात्र समेट्ने गरि सूचना निकालेको र प्रदेशभर सञ्चालित स्वातन्त्र रेडियोको पहुँचलाई निषेध गरिएको प्रति दुख व्यक्त गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको वान प्रदेश संयोजक युगराज बस्यालले बताए ।

भेदभावपूर्ण व्यवहारका कारण मन्त्रालय संचारमैत्री भएको प्रत्याभुत गर्न नसकिएको भन्दै देशभरका स्वतन्त्र एफएम रेडियो तथा संचारमाध्यमलाई उपेक्षा नगर्न आग्रह गरिएको छ । यदि विभेद कायमै रहे संगठन संघर्षका कार्यक्रम गर्न बाध्यहुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सूचना पाउने आम नागरिकको हकलाई कुन्ठित हुनेगरि निश्चित वर्गका रेडियोलाई मात्र विज्ञापन दिने गरि प्रस्ताव पेश गर्न भन्नु गलत भएको भन्दै यसमा सबै रेडियोको सहभागिता हुने गरि विना भेदभाव सबै नियम संगत रहेका प्रदेशभरका रेडियोले प्रस्ताव पेश गर्न पाउनु पर्ने गरि सूचना निकाल्नु पर्ने संठनको माग रहेको छ । मन्त्रालयले सन्देशमूलक सूचना तथा विज्ञापन प्रसारण कार्यक्रमका लागि यहि मिति २०८० कार्तिक १३ गते निकालेको सूचनामा ५०० वाट माथिका सामुदायिक रेडियो सूचिकरण गर्न अह्वान गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्रालयका निमित्त कार्यालय प्रमुख थानेश्वर ज्ञवालीले वानले बुझाएको ज्ञापन पत्र जायज भएको बताए । लुम्बिनी प्रदेशको समग्र विकासका लागि आफुहरु संचार माध्यम संग सहकार्य गरि काम गर्ने प्रतिवद्धता जनाए । मन्त्रालय र सञ्चार संस्थाको सहकार्यमा समृद्ध लुम्बिनी प्रदेश निर्माणमा महत्त्वपुर्ण भुमिका खेल्ने उनले बताए । उनले प्रकाशित सूचना सच्चाउने आश्वासन दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : १२ बजे

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई