२७ श्रावण २०८३, बुधबार | August 12, 2026

मुख्यमन्त्री कोहलपुर गोल्डको उपाधि त्रिभुवन आर्मीलाई



बाँके । बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २-० ले गोल गर्दै त्रिभुवन आर्मीले उपाधि जितेको हो ।

विजेता त्रिभुवन आर्मीले रु आठ लाख नगद र दोस्रो स्थानमा आएको चर्च ब्वाइज क्लबले रु चार लाख नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए । उनका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२ औँ मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६ औँ मिनेटमा मानबहादुर आलेमगरले गोल गरेका थिए ।

त्रिभुवन आर्मीका खेलाडी आलेमगरलाई म्यानअफ द म्याज घोषणा गरियो । उनलाई रु पाँच हजार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टङ्क बस्नेतलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन सङ्घीयदेखि स्थानीय सरकारको सहयोग हुने बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ७ : १२ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको