काठमाडौं। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस नोट मागेको छ ।
लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्र्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।
इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलार्ई तोकिएको छ ।



















प्रतिक्रिया