१४ पुस २०८२, सोमबार | December 29, 2025

जनताको सुख दुःखमा साथ दिनु नै गणेशमानप्रति उच्च सम्मान : प्रकाशमान सिंह



काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् ।

लौहपुरूष गणेशमान सिंहको १०९ औं जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरी गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनु पर्ने सिंहले बताए ।

त्यस्तै सञ्चारकर्मीको जिज्ञासामा उनले तिहार पछि सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताएका छन् । संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमति अनुसार नै गठबन्धन अघि बढ्ने सिंहको भनाई थियो ।

साथै भुकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुःख मा साथ दिनु पर्ने बताएका छन । जनताको सुखदुःखमा साथ दिन सक्नु नै आजको दिनमा सर्बोच्च नेता प्रतिको सच्चा श्रद्धाञ्जली हुने समेत बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ३९ बजे

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

रौतहटमा एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

रौतहट । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी