२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

भैरहवामा बरामद करोड बढीको फूलमाला छुटाउने यस्तो छ प्रपञ्च



बुटवल । ३ दिन अगाडी भैरहवाको सिद्धार्थ कोल्ड स्टोरबाट बरामद गरेको फूल र फूलको मालाधनीलाई सुरक्षित मौका दिएर प्रहरीको अबैध फूललाई बैधानिक बनाउन गरेको प्रयासको खुलासा भएको छ ।

बिना बिल र बिना भन्सार कोल्ड स्टोरमा भण्डारण गरिएको फूलको मालाका तस्करहरुलाई ३ दिन सम्ममा बिल पेश गर्ने मौका दिएपछि उनीहरुले नेपालका दुरदराजमा कागजीरुपमा दर्ता भएका नर्सरी र एग्रो फर्मका बिल जुटाएर फूलमाला छुटाउने प्रयास गरेका छन् ।

रुपन्देहीको मायादेवी गाउपालिका वडा नं ८ बसडिलवामा रहेको सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको झण्डै एकलाख पिस फूलमालाको रुपन्देही र यस आसपास नै नभएका कृषी फर्मको बिल पेश गरेर बैधानिक बनाउने तयारी गरिएको छ ।

विहिबार राती भैरहवाका ब्यवसायी लक्ष्मीदास मानन्धरको कोल्डस्टोरबाट रुपन्देही प्रहरीले करोड हाराहारीको सयपत्री फूल र माला बरामद गरेको थियो । कोल्डस्टोर संचालक लक्ष्मीदास मानन्धरले उक्त फुल आफ्नो नभई गुल्मी, पाल्पा, नवलपरासी लगायतका जिल्लाका ९ जना पुष्प व्यवसायीले कोल्डस्टोरमा राखेको बताए पनि बरामद भएको बखत कुनै बिल भरपाई फेला परेको थिएन । कोल्ड स्टोरमा भण्डारण गर्नुपूर्व भण्डारण गरिएको सामानको बिल वा बैधानिकता हुनु पर्नेमा कुनै कागजात बिना भण्डारण गरिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले प्रमाण लिएर आउन पर्याप्त समय दिएपछि मानन्धरले शुक्रवार दिउसो विभिन्न ९ वटा एग्रो फर्मको विल पेश गरेका थिए ।

मानन्धरले पेश गरेका बिलका संचालकहरु रुपन्देही र यस आसपासका नभएको र नेपाली पुष्प ब्यवसायीको त्यती ठुलो परिमाणको फूल खेती नै नभएको रुपन्देहीको पुष्प किसानहरुले बताएका छन् । हामीले यस क्षेत्रमा सुन्दै नसुनेका नामहरुबाट भारतबाट ल्याएका फुललाई बिल मिलाएर छुटाउन खोजेको एक एग्रो फर्म तथा पुष्प ब्यवसायीले भने ।

कोल्डस्टोर संचालक मानन्धरले पौडेल फ्लावरको दुईहजार पिस सयपत्रीको माला, बाटाखर्क एग्रो फर्मको ५९८ पिस, कुलैही कट फ्लावरको १३ हजार ५ सय पिस, केशव कुमार शाहको ५ हजार पिस, आर जे को ८ हजार पिस, आर के को ८ हजार पिस तथा हरि ओमको १५ बोरा सयपत्रीको मालाको विल पेश गरेका छन् । त्यस्तै सैनीको २ सय पिस तथा नवदुर्गा ड्रिम क्रिएसनको ४० बोरा सयपत्री, २७ बण्डल गुलाब, ४ वण्डल कार्नेसन र १७ बण्डल डेजीको विल पेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मानन्धरले नेपालका विभिन्न जिल्लाका एग्रो फर्मबाट ल्याई कोल्डस्टोरमा राखिएको विल समेत पेश गरेपछि विल अनुसारका फूल र माला रहे नरहेको अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक मनोहर भट्टले बताए । ब्यवसायीको बिल भेटिएपछि थप अनुसन्धानका लागि आन्तरिक राजश्व पठाइएको उनले बताए । ‘अव हाम्रो हातबाट राजश्वको पोल्टामा गयो ।’ उनले भने ।

तर वर्षौ बुटवलमा एग्रो फर्म संचालन गरि किसानहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदै आएका हातेमालो एग्रो बुटवलका संचालक हरी बस्यालले माथी भनिएका कुनैपनि फर्म र व्यक्तिहरु आफ्नो जानकारीमा नभएको बताए । रुपन्देही आसपासका अधिकांश फर्म र व्यवसायीहरु आफ्नो जानकारीमा रहेपनि बिल पेश गरिएको भनिएका फर्म र व्यक्तिहरु बारे जानकारी नभएको उनले भने ।

विगत चारवर्षदेखि तिलोत्तमामा सयपत्री खेतीसँगै किसानहरुलाई तरकारी र सयपत्रीका विरुवा समेत उपलब्ध गराउँदै आएका ईश्वरी भण्डारी पनि कोल्डस्टोर संचालकले प्रहरी सामु पेश गरेका विलमा उल्लेख गरिएका एग्रो फर्म र व्यक्तिहरु बारे आफुलाई जानकारी नभएको बताए ।

नेपालका पुष्प ब्यवसायीहरु आफै फूलमालाको बैधानिकता खोज्न आन्तरिक राजश्व पुगेपनि आन्तरिक राजश्वले बिल देखाउन नमानेको बताइएको छ । बरामद भएको फूलमाला भारतीय ब्यापारी दुर्गेश चौरसीया र तिलोत्तमाका एक नर्सरी संचालकको भएको स्रोतले दाबी गरेको छ । ४० हजार पीस दुर्गेशको र २० हजार ती कृषक तथा अन्य क्यारिङ गर्नेहरुले कोल्ड स्टोरमा भण्डारण गरेको स्रोतको दाबी छ । तिलोत्तमाकै पुष्प ब्यवसायीको आग्रहमा प्रदेश सरकारका एक मन्त्रीले माला छुटाउन प्रहरीलाई दवाव दिएको समेत स्रोतको भनाई छ ।

कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको फूलका माला भारतबाट भन्सार छलेर ल्याइएको आशंकामा प्रहरीले बरामद गरेको भनेपनि पर्याप्त बिल भरपाई पेश गर्ने समय दिइएपछि फूलका कारोबारेहरुले नेपाली बिल बनाएर पेश गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ११ : ४४ बजे

कोशीमा केदार कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन : गगन थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको

सिद्धार्थ बोर्डिङमा ‘डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा शुक्रबारदेखि ‘डिके तामाङ

दिल्लीका मुख्मन्त्री केजरीवाललाई रिहा गर्न भारतको सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, रोष्टममै पुगेर नाराबाजी

काठमाडौं । वर्षे अधिवेशनको पहिलो दिनमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले