५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : ५७ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार