२८ माघ २०८२, बुधबार | February 11, 2026

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ



भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ । राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका-२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो ।

सरसफाइको क्रममा एक सय १२ बोरा फोहर सङ्कलन गरिएको राप्ती नदी सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिए । उनका अनुसार नदी किनारमा बढी मात्रामा पेय पदार्थका बोतल, सिसा र प्लाष्टिकजन्य वस्तु बढी भेटिएको छ । उनले भने “दुलर्भ वन्यजन्तुको वासस्थान क्षेत्रमा जथाभावी फोहर फाल्दा उनीहरुलाई धेरै असर हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्छ ।”

राप्ती नदीको माथिल्लो क्षेत्रमा बस्ने मानिसले जथाभावी फोहर गर्दा जङ्गली जनावरलाई असर गरेको उनको भनाइ छ । उनले पवित्र राप्ती नदीको सभ्यता जोगाइ राख्न विभिन्न सङ्घ संस्थाका सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिए ।

पछिल्लो समय राप्ती नदीमा मानवीय क्रियाकलापको चाप बढ्दै जाँदा दूषित भइरहेको छ । “यसलाई जोगाउन हामीले चार वर्षदेखि सरसफाइ अभियान जारी राखेका छौँ”, उनले भने, “यसलाई थप विस्तार गर्न शनिबार सबैभन्दा लामो दूरीमा पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ गरेका हौँ ।”

राप्ती नदी भरतपुर महानगरपालिकाको-२८ नम्बरस्थित गोलाघाट पुगेपछि नारायणीमा मिसिन्छ । सो कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, जनप्रतिनिधि, नेपाली सेना, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र संरक्षणकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : ३९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी