२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपाल सम्वत ११४४ पुर्वसन्ध्यामा बुटवलमा निकालियो मोटरसाईकल रयाली (फोटो फिचर)



बुटवल । नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा सोमबार बुटवलमा बृृहत सचेतनामुलक मोटरसाइकल रयाली निकालिएको छ । नेवा पुचको सचिवालय भवन रहेको शङ्खधर शाख्वाको मुर्तिमा पूजाआजा र माल्यापर्ण गरि सगुन र टिका लगाएर बाजागाजा, ब्यानरसहित निकालिएको रयाली ट्राफिकचोक, जलबिनायक, जितगढी, तामनगर, बुद्धनगर, योगीकुटी, रामनगर, दीपनगर, अमरपथ हुदै पुनः पुचको सचिवालयमा समापन गरिएको थियो ।

‘भाषा संस्कृति झिगु पौरख, नेपा सम्वत राष्ट्रिय गौरव’ नारा बोकेर साझा उदेश्यका साथ यहा रहेका १३ वटा नेवा समाज, खल, पुचका प्रतिनिधिहरु सम्बद्ध संस्थाहरुलाई एकतावद्ध गरि सहकार्यमा कार्यक्रमको शुरुवात भएको नेवा पुच नेवा विकास समितिका अध्यक्ष काजीमान श्रेष्ठले बताए । यसैगरि मुल दिवसको दिन मंगलबार पंचकन्या, कुमारी, बाजागाजा, झाकी, ब्यानरसहित विशाल रयाली निकालिने र शुभकामना आदानप्रदान कार्यक्रम गरिने उनले बताए ।

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार चिरञ्जीवी जोशीले नेवार समुदायलाई एकतावद्घ गरि नेवा कला, संस्कृतिलाई जग्रेना गर्दे उदेश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए ।

भिमसेन नेवा गुठीका अध्यक्ष सहदेव श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवारहरु एकतामा जोड दिदै आएको पुर्खाको ईतिहास रहेको भन्दै रुपन्देहीमा नया शुरुवात भएको बताए ।

पुचका सचिव लक्ष्मी श्रेष्ठले कला, संस्कृति र संस्कारलाई जोगाउदै नया पुस्तामा सिकाउने रुपमा सामुहिक प्रयास गर्नुपर्ने बताईन । नेवा पुच, नेवा समाज विकास परिषद, भिमसेन नेवा समाज, तिलोत्तमा नेवा मयजू खल, हुमिन नेवा पुच, नेवा पुच दिपनगर, नेवा पुच तामनगर, नेवा पुच बुटवल-११, भिद्य नेवा पुच, बुटवल नेवा समाज, नेवा सेवा समिति बुटवल, गणेश नेवा समाज मझगाउ, नेवा संस्कृति संरक्षण समिति देवीनगर, भिद्य नेवा समाज बुटवलको सहकार्यमा यो वर्ष सामुहिक दुई दिने कार्यक्रम गर्ने भएको हो ।

फोटो फिचर

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १ : २७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका