१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘दिमाख खराव’ प्रदर्शन रोक्ने घोषणा मंगलबारसम्मका लागि स्थगित



काठमाडौं । हलहरुले पर्याप्त शो नदिएको भन्दै शुक्रबारबाट प्रदर्शन रोक्ने चेतावनी दिएको चलचित्र निर्माण टिमले प्रदर्शक संस्थासँगको सहमतिमा मंगलबार सम्म प्रदर्शन नरोक्ने भएको छ ।

बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच थप छलफल गर्ने सहमति सहित मंगलबारसम्मका लागि प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।

संघको कार्यालय विशालनगरमा बसेको बैठकमा दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए ।

चलचित्र संघले बैठकबारे विज्ञप्ति प्रकाशित गर्दै मंगलबार थप छलफल गर्ने गरि प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ । बैठकमा फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न नसकेको बताइएको छ। यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको महासचिव महर्जनले बताए ।

चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ६ : १८ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र