२८ माघ २०८२, बुधबार | February 12, 2026

‘दिमाख खराव’ प्रदर्शन रोक्ने घोषणा मंगलबारसम्मका लागि स्थगित



काठमाडौं । हलहरुले पर्याप्त शो नदिएको भन्दै शुक्रबारबाट प्रदर्शन रोक्ने चेतावनी दिएको चलचित्र निर्माण टिमले प्रदर्शक संस्थासँगको सहमतिमा मंगलबार सम्म प्रदर्शन नरोक्ने भएको छ ।

बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच थप छलफल गर्ने सहमति सहित मंगलबारसम्मका लागि प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।

संघको कार्यालय विशालनगरमा बसेको बैठकमा दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए ।

चलचित्र संघले बैठकबारे विज्ञप्ति प्रकाशित गर्दै मंगलबार थप छलफल गर्ने गरि प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ । बैठकमा फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न नसकेको बताइएको छ। यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको महासचिव महर्जनले बताए ।

चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ६ : १८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी