७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० रिट



काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको छ ।

सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो ।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ४ : ५५ बजे

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी,

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट

गार्गीमा एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ देवीनगरस्थित गार्गी एकेडेमीले माध्यामिक