काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा छ । विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।



















प्रतिक्रिया