३१ असार २०८३, बुधबार | July 15, 2026

रहेनन् कछाड कमरेड, बेग्लै पहिचान बनाएका कम्युनिष्ट नेता बर्मन बुढाको ९० वर्षको उमेरमा मृत्यु



काठमाडौं । दौरा सुरुवालमा मात्र राष्ट्रियता देख्ने कथित राष्ट्रवादीलाई चुनौती दिँदै कछाड र खुर्पेटो भिरेर २०४८ सालमा संसद छिरेका बर्मन बुढाको मृत्यु भएको छ ।

हक्की स्वभाव र सादा जीवनको पर्याय बनेका बर्मन बुढाको मृत्युप्रति नेताहरुले दुःख व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्मन बुढाको मृत्युको खबरले आफु मर्माहत भएको बताएका छन् । उनले बर्मन बुढालाई ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा’को संज्ञा दिएका छन् ।

पुर्व सभामुख कृष्णबहादुर महराले पनि बर्मनको मृत्युले कम्युनिष्ट आन्दोलनको एउटा इतिहासको अन्त्य भएको बताएका छन् ।

बुढाको आज बिहान ९० वर्षको उमेरमा ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रोल्पाको कम्युनिष्ट आन्दोलनका अभिभावक बनेका बर्मन २०४८ सालको संसदीय निर्वाचनमा रोल्पाबाट बिजयी बनेर संसद प्रवेश गरेका थिए ।

कुनैबेला थबाङका बर्मन बुढा भनेपछि रोल्पादेखि राजधानीसम्मका मान्छेलाई टाउको दुखाइको विषय हुन्थ्यो । कछाड उनको परिचय थियो । उनले कछाड थबाङमा मात्रै लगाएनन् सिंहदरवारमा पनि पु¥याए ।

२०४८ सालको संसदीय चुनावमा रोल्पा क्षेत्र नं. १ बाट सांसद जितेका बुढा घरमै लगाइरहेको कछाडसहित नै संसद् भवन छिरेका थिए । त्यतिबेला जातीय पहिचानको कुरा त्यति साह्रो उठेको पनि थिएन ।

हालसम्म थबाङ एकजुट हुनु र कम्युनिष्ट पार्टी बलियो बन्नुका पछाडि बुढाकै महत्वपूर्ण भूमिका देखिन्छ । २०१५ सालमा गाउँलेले चुनेको मुखिया बनेका बर्मन जनताबाट कहिल्यै हार्नु परेन । २०१५ सालको आम चुनावमा थबाङको सबै भोट कम्युनिष्टलाई गयो । यसको अगुवाइ पनि बुढाले नै गरे ।

पञ्चायतकालमा उनी थबाङका प्रधान पञ्च भए । २०३७ सालमा जनमत संग्रह हुन थालेपछि सरकारका प्रतिनिधिले जिल्लाका सबै प्रधानपञ्चहरुलाई लिबाङमा बोलाए । सबै पञ्चहरुलाई निर्दलमा भोट हाल्न भनियो । तर थवाङले त्यतीबेला पनि बहुदललाई भोट हालेर राजतन्त्रको बिरोधमा आफुलाई उभ्याएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १० : ०२ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार