७ पुस २०८२, सोमबार | December 22, 2025

भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु



नयाँदिल्ली । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले घाइतेहरुको निःशुल्क उपचार गर्न र उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

ट्रक चित्रकोन्डाबाट जोदम्बा तर्फ जाँदै गर्दा स्वाभिमान आँचल क्षेत्रको हन्तलागुडा घाटमा दुर्घटना भएको एक वरिष्ठ अधिकारीले बताए । त्यसपछि प्रहरी र स्थानीयले सिमेन्टको बोरामुनि पुरिएका पाँच मजदुरको शव र घाइतेलाई निकालेर अस्पताल पुर्याएका थिए ।

पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का एक घाइतेको अस्पतालमा मृत्यु भयो। घाइते कामदारहरूलाई जोडम्बाको नजिकैको सरकारी अस्पताल लगियो र पछि चित्रकोंडा लगिएको थियो ।

जानकारीका अनुसार मृतक सबै छिमेकी नबरङपुर जिल्लाको कोसागुमुडा क्षेत्रका बासिन्दा हुन् । नवरङपुरका सांसद रमेश माझीले अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ५६ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि