३१ बैशाख २०८१, सोमबार | May 13, 2024

लागुऔषधसहित ६ जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कास्कीको  पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ केजीसहित धादिङ गजुरी गाउँपालिका-३ घर भएका २० वर्षीय बिनोद बिक पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ प १२९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-८ पशुपति बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय ७० मिलिग्रामसहित गुलरीया नगरपालिका-११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोबी  पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ वर्षीया लक्ष्मी कामत अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित  पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय साजित चौधरी पक्राउ परेका छन् । प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित चितवन रत्ननगर नगरपालिका-३ लौरीचोक बस्ने २० वर्षीया सरिता लामा आइतबार बिहान पक्राउ परेकी छिन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४११ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार लामालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  २ : १३ बजे

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन