१८ असार २०८३, बिहिबार | July 2, 2026

टी-२० शृङ्खला : अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा भारत ४४ रनले विजयी



काठमाडौं । घरेलु टोली भारतले टी-२० शृङ्खलाअन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २-० को अग्रता बनाएको छ ।

थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो । भारतले दिएको २३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९१ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ रन जोडे। यस्तै, टिम डेविडले ३७, स्टेभेन स्मिथ र म्याथु शर्टले १९-१९ रन बनाए ।

भारतका रवि बिस्नोइ र प्रसिद्ध कृष्णाले ३-३ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र मुकेश कुमारले १-१ विकेट लिए । त्यसअघि भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।

भारतको जितमा ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले । यस्तै, यशस्वी जैसवालले ५३ र इशान किशनले ५२ रनको योगदान गरे । रिङ्कु सिंहले ३१ रन बनाए भने सूर्यकुमार यादवले १९ रन जोडे ।

अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए भने मार्कस स्टोइनिसले १ विकेट लिए । भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल सोमबार हुँदैछ । यस्तै, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५३ बजे

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश