२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दाङका बस्नेतले बुझे भूमिसम्बन्धी समस्या समाधान आयोग सदस्यको मनोनयन



बुटवल । संघीय सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश ५ सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई आज सदस्य पदको मनोनयन प्रदान गरिएको छ ।

प्रदेश ५ सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरेको थियो ।

संघिय सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको सदस्यमा सम्बन्धि प्रदेश सरकारले १ जना सदस्य मनोनयन गर्ने ब्यवस्था भए अनुसार प्रदेश मन्त्रिपरिषदले बस्नेतलाई सदस्यमा मनोनयन गरेको हो ।

आदेशमा संघिय सरकारले अध्यक्षसहित १ जना विज्ञ समावेश हुने गरी ४ जना सदस्य तथा नेपाल सरकारको राजत्राङ्कीत प्रथम श्रेणीका अधिकृत सदस्य सचिव रहने गरी आयोग गठन गर्ने ब्यवस्था गरिएको छ ।

संघीय सरकारले चितवनका देवी ज्ञवालीको अध्यक्षतामा भिमबहादुर कार्की (पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य (ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) सदस्य रहेको आयोग यस अघि नै गठन गरिसकेको छ ।

बस्नेतलाई प्रदेश ५ सरकारकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मनोनयन पत्र प्रदान गरेकी थिईन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : ३६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले