काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दीलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली)लाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१)को व्यवस्था बमोजिमको सदस्य मनोनयन गरेका हुन् ।



















प्रतिक्रिया