काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु हुदैँछ । दार्चुला जिल्लामा आजदेखी सुरु हुने बैठकको व्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ । सदरमुकाम खलंगामा हुने उक्त बैठकमा सहभागी हुनका लागि देशैभरीबाट चौतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् ।
नेकपा एमाले निकट चौतारीले पार्टीको मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रीय समिति बैठक बोलाइएको प्रेस चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्यले जानकारी दिए ।
साथै बैठकमा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण र प्रेस चौतारी नेपालका शाखा जिल्लाहरुको गतिविधीका बारेमा रिपोर्टिङ समेत लिइने आचार्यले बताए । आगामी १४ गतेबाट हुने सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुदैँछ ।


















प्रतिक्रिया