६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

आजको मौसम : देशका पहाडी भू-भागमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा, हिमपात र देशभरको तापक्रम गिरावटबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : २३ बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

बुटवल । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौं । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले