१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

आम जनता पार्टीले तोक्यो सातै प्रदेशका इञ्चार्ज



काठमाडौं । आम जनता पार्टीले सातै प्रदेशमा इञ्चार्जको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको दुई दिने स्थायी कमिटीको पूर्ण बैठकले लिम्बुवान–किरातमा रामप्रित राम, मधेसमा सुधीर यादव र ताम्सालिङ-नेवामा अरुण घिरिङलाई इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले लुम्बिनीमा समिना हुसेन, कर्णालीमा तिलक थापा मगर र सुदुरश्चिममा ज्ञानेन्द्रकुमार तामाङलाई इञ्चार्ज तोकेको छ । प्रवासका देशमा सम्पर्क र सङ्गठन स्थापनाका लागि विभिन्न सात व्यक्तिलाई इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले बद्रीप्रसाद न्यौपानेलाइ निर्दोष सावित नहुँदासम्मका लागि पार्टीकोे सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । बैठकले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिबाट मत फिर्ता र विदेशी नागरिकता लिएकाको सम्पति कब्जा गरी राज्यलाई बुझाउनेलगायत अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भन्सार, वैदेशिक रोजगार पीडित, बैंकिङ तथा कर्जा, आवास मदर्साको शिक्षा र यातायात भाडा सहुलियतलगायत जनसरोकारका विषयमा जनसङ्गठनलाई सङ्घर्ष अघि बढाउन पार्टीले जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ ।

बैठकले देशमा जटिल परिस्थिति एवं सङ्कटको निकासबारे गम्भीर समीक्षा गर्दै आगामी पुस १४ गते पार्टी स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : २६ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले